राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उनले भने। बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उनले  जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्