रुस र फिनल्याण्डबीचको सीमा विवाद थप पेचिलो हुँदै

रुस र फिनल्याण्डबीचको सीमा विवाद थप पेचिलो हुँदै

काठमाडौं । पछिल्लो समय रुस र फिनल्याण्डबीचको सीमा विवाद थप पेचिलो हुँदै गएको छ ।

फिनल्याण्डले रुसले फिनल्याण्डतर्फ शरणार्थी पठाएको आरोप लगाएको छ ।

यसैलाई मध्यनजर गर्दै बुधबार राजा जोसेपीको उत्तरी नाका दुई साताका लागि बन्द गरिएको छ ।

फिनल्याण्डले आफू रुसको ‘हाइब्रिड अपरेसन’ को सिकार भएको बताएको छ ।

यो महिना मात्र करिब रुसबाट ९ सय शरणार्थी सीमा पार गरी फिनल्याण्ड प्रवेश गरेका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।

यस वर्षको अगस्टसम्म रुसले कुनै पनि विदेशी नागरिकलाई आवश्यक भिसाविना यहाँ आउन अनुमति नदिए पनि अहिले त्यस्तो हुन नसकेको सीमामा तैनाथ सुरक्षाकर्मीहरु बताउँछन् ।

फिनल्याण्डको रूससँग एक हजार तीन सय ४० किलो मीटर सीमा समेटिएको छ ।

फिलल्याण्डले उत्तरी क्षेत्रमा प्रवेश निषेध गर्नुअघि दक्षिण–पूर्वी सीमामा सात नाका समेत बन्द गरेको थियो ।

यद्यपि, रेलवे लाइन माल ट्रेनहरूको लागि खुला रहनेछ ।

फिनल्याण्डका आन्तरिक मन्त्री मारी रेन्टानेनले यसलाई राष्ट्रिय सुरक्षाको विषय भएको बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्