सुन तस्करी छानबिन आयोगमा प्राविधिकसहित चारजना थपिए

सुन तस्करी छानबिन आयोगमा प्राविधिकसहित चारजना थपिए

काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना सदस्य थप गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको मागबमोजिम प्राविधिक सहितका ४ जना जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी  जाँचबुझ आयोग गठन भएको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक सहितका जनशक्ति थप गर्ने भन्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद् बैठकबाट विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने पनि निर्णय भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्