पहाडी भू–भागमा मौसम आंशिक बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशको उच्च पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।

यस्तै, आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्