प्रतिक्रान्तिकारीहरुले उपलब्धिविरुद्ध पुनर्उत्थानको षडयन्त्र गर्दै छन्ः प्रधानमन्त्री

प्रतिक्रान्तिकारीहरुले उपलब्धिविरुद्ध पुनर्उत्थानको षडयन्त्र गर्दै छन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि साहस र क्षमताको प्रदर्शन गर्न नसकेको बताएका छन् ।

बुधबार आयोजित शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म प्राप्त गरेको उपलब्धि रक्षाका लागि साहस र क्षमता प्रदर्शन गर्न नसकेको भन्दै प्रतिक्रान्तिकारीहरुले फेरि पुनर्उत्थान गर्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

उनले भने, ‘प्राप्त गरेको उपलब्धिको रक्षाका लागि जति गर्नुपर्ने हो, जति हामीले तागत लगाउनुपर्ने हो, जति साहस र क्षमता प्रदर्शन गर्नुपर्ने हो, त्यो हामीले सकेका छैनौं । आन्दोलन सफल भएपछि रिल्याक्समा सबै भयो भनेर छोड्ने नकारात्मक प्रवृत्ति रह्यो । त्यसैको फाइदा उठाएर प्रतिक्रान्तिकारीहरु र पराजित तत्वहरु फेरि पुनर्उत्थान गर्ने षड्यन्त्र गरिरहेका छन् ।’

उनले राष्ट्रिय सम्वतलाई दस्तावेजमा लेखेरमात्र नहुने भन्दै कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘राष्ट्रिय सम्वत भनेर मात्र भएन, कार्यान्वयन पनि गर्नुपर्छ । आउने दिनमा यसलाई अझ अगाडि बढाउनुपर्छ । दस्तावेजमा लेखेरमात्र हुँदैन राष्ट्रिय सम्वत सामाजिक न्यायसँग सम्बन्धित, राष्ट्रिय विभुति शंखधर साख्वासँग सम्बन्धित नेपालको एकमात्र सम्वत बनाउन सकिन्छ त ? त्यो दिशातिर बहस गर्नुपर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्