काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको भूकम्प पीडितलाई एक महिनाको तलब राहत स्वरुप उपलब्ध गराउने घोषणा गरेका छन् ।
आइतबार उनले पीडितको पुर्नस्थापनाका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा दिएर सहयोग गर्ने बताए । यस्तै, पीडिततलाई सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन् ।
भनेका छन्, ‘यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुर्नस्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु ।
साथै,राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु ’
जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको उनले उल्लेख गरेका छन् । पौडेलले भूकम्पमा परी ज्यान गुमाएका दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभ कामना समेत गरेका छन् ।