नेपालले ओमानलाई दियो बलिङको निम्तो

नेपालले ओमानलाई दियो बलिङको निम्तो

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आइतबार टीयू मैदानमा गरिएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।
नेपालको टिममा आज एकजना खेलाडि परिवर्तन गरिएको छ । चोटका कारण दीपेन्द्र सिंह ऐरी मौदान बाहिर रहँदा उनको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा सहितको नेपाली टिमले फाइनल खेल ओमानविद्ध बिहान ठिक ११ बजेपछि सुरु गर्नेछन् ।
नेपाल र ओमानबीचको आजको फाइनल खेद निकै रोमाञ्चक हुने देखिन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्