विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै

विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएर दुवै टोली विश्वकपमा पुगेका थिए ।

ओमानसँग समूह चरणको खेलमा पाँच रनको पराजय भोगेको नेपालले शुक्रबार युएईलाई ८ विकेटले हराउँदै विश्वकप यात्रा सुरक्षित गरेको थियो । नेपाली टोलीको मनोबल उच्च छ । आज घरेलु मैदान र दर्शकको साथले नेपाल झनै बलियो बन्नेछ । ओमानले पनि जारी खेलमा राम्रो प्रदर्शन गरेको छ । यी दुई टोलीबीचको खेल आज निकै रोचक हुने देखिन्छ ।

नेपाली टोलीका युएईविरुद्ध मैदान आएका दीपेन्द्रसिंह ऐरीले भने फाइनल खेल चोटका कारण खेल्ने छैनन् ।

नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले आइतबारको खेलको कप्तानी गर्नेछन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्