काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
शुक्रबार राती जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भई गएको ६ दशमलव ४ रेक्टरको विनासकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निणर्य गर्न बैठक बोलाईएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकमा परिषद्का सबै सदस्य तथा सुरक्षा निकायका पदाधिकारीलाई उपस्थितिको लागि आह्वान गरिएको छ ।
बैठक बिहान साँढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्दै छ ।