जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकले मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको निधनपछि रिक्त रहेको उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफल गर्ने बस्नेतले जानकारी दिए । यादवको गत भदौमा निधन भएको थियो ।

साथै बैठकमा पार्टीको सङगठन विस्तार एवं सुदृढीकरण अभियानबारे समीक्षा गरिने बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्