दशैँको टीका–जमरा आज पनि लगाइँदै, कोजाग्रत पूर्णिमासम्म यो क्रम चल्ने

दशैँको टीका–जमरा आज पनि लगाइँदै, कोजाग्रत पूर्णिमासम्म यो क्रम चल्ने

काठमाडौं । दशैँको मुख्य दिन टीका तथा जमरा लगाउन छुटेकाहरुले आज मान्यजनबाट आशीर्वाद थाप्दै छन् ।

देशका अधिकासं ठाउँमा हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा भएपनि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ।

अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्