एमालेले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, राप्रपाले नदिने

एमालेले मुख्यमन्त्री कार्कीलाई  विश्वासको मत दिने, राप्रपाले नदिने

विराटनगर । आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

आज बस्ने कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तय गरिएको छ ।

एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीको धारणा प्रस्तुत गर्ने र कार्कीलाई विश्वासको मत दिइने उनले बताए ।

कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा गत शनिवार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाइसकेका छन् ।

राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने भएको छ । उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ ।

राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार प्रदेश सभामा विपक्षी पनि चाहिने भएकाले आफूहरु विपक्षमा बस्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्