पेट्रोलमा ११ र डिजलमा ५ रुपैयाँ प्रतिलिटर मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

गएराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्