मुगु । हिमाली जिल्ला मुगुमा २०७६ सालमा सडक निर्माणको क्रममा काटिएका काठको सदुपयोग नहुदाँ सडेर कुहिने अवस्थामा पुगेका छन् ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा छाँयानाथ रारा नगरपालिका १४ वाम चंखेलिमा रहेको चंखेली सामुदायिक बन क्षेत्रमा सडक निर्माण गर्दा काटिएका २५ सय क्युफिटका काठ कुहिने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
सडक निर्माण गर्दा ढालिएका ७ सय क्युफिटका सल्लाको काठ र १८ सय क्युफिटका बाज, धुसीलगायत अन्य प्रजातिका काठ विभिन्न स्थानमा वेवारिसे अवस्थामा राखिएपछि कुहिने अवस्थामा पुगेका हुन् ।
सामुदायिक बन र डिभिजन बन कार्यालयको उदासिनताका कारण काठ खेर जाने अवस्थामा पुगेको स्थानीय काठ मुगुको चंखेली सामुदायिक रत्न बडुवालले बताएका छन् ।
२०७६ सालमा सडक निर्माण गर्ने बेला काटिएका काठको कानूनी हस्तान्तरणमा समस्या हुदाँ कुहिएर नष्ट हुने अवस्थामा पुगेको स्थानिय जनप्रतिनिधी छाँयानाथ रारा नगरपालिका मुगुका वडा नम्बर १४ का वडा अध्यक्ष जुन बहादुर खड्काले बताएका छन ।
पछिल्लो समयमा सामुदायीक बनको वार्षिक नबिकरण र कार्यायोजना नभएर समय लागेको बताएका डिभिजन बन कार्यालय मुगुका प्रमुख अमर प्रसाद साहले केही दिन भित्रै काठको व्यवस्थापन गर्ने बताए ।