काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसंग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुदैँन् ? भन्दै यसको जवाफ सदनलाई छिटो भन्दा छिटो दिन माग गरे ।
उनले भने, ‘मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन् ? कुनै औपचारिकता हुदैँन् ? यसबारेमा सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउँनु पर्यो भनेर विशेष ध्यानाकर्षण गराउँनको लागि विशेष समय माग गरेको हो । यसको जवाफ सदनलाई छिटो भन्दा छिटो होस् ।’
उनले नेपालको भूमिमा भएको भ्रमणको जानकारी पाउँनु सबैको अधिकार भएको भन्दै सरकार र परराष्ट्र मन्त्रालयलाई त्यसबारे यथार्थ जानकारी दिन सदनमार्फत ध्यानाकर्षण गराए ।