अब आन्दोलन बाहेक अरुको विकल्प छैन: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न जनआन्दोलन बाहेक अरु विकल्प नभएको बताएका छन् ।

बिहीबार समाजिक सञ्जालमार्फत उनले असोज २७ गते १ बजे ललितपुरको लगनखेलमा वृहत जनआन्दोलन गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘यदी हामी संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहन्छौ भने, यदी हामी हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न चाहन्छौं भने अब आन्दोलनको विकल्प छैन।

असोज २७ गते १ बजे ललितपुरको लगनखेल जाऔँ ।’ उनले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य गर्न चाहेको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्