शासकले देशका युवालाई युज एण्ड थ्रोका रूपमा प्रयोग गरें: गैरे

शासकले देशका युवालाई युज एण्ड थ्रोका रूपमा प्रयोग गरें: गैरे

काठमाडौं । आगामी निर्वाचनलाई जनतामुखी र परिणाममुखी बनाउने दाबी गर्दै प्रविन गैरेले ‘विशाल नेपाल राष्ट्रको विकासका लागि युवा अभियान’ को घोषणा गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै, उनले अहिलेको व्यवस्था र नेतृत्वका कारण देश गम्भीर मोडमा आएको भन्दै शासकहरुले देशका युवाहरुलाई ‘युज एण्ड थ्रो’ का रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

देशका विकार र समृद्धिका लागि युवाहरु एक ठाउँमा आउनपर्ने आवश्यकता महशुस गरेर यो अभियान सुरू गरिएको उनले बताए ।
उनले भने, ‘यो देशले नेपाल, नेपाली जनता र विशेष गरेर युवाहरुलाई असह्य पीडाहरु दियो । तसर्थ यो कार्यक्रम अगाडि बढाउन आवश्यकता परेको हो । यहाँका केही नेताहरुलाई यो अभियान राजनीतिक विषय वस्तु लाग्नसक्छ ।
यो कदापि हुनेछैन । यो एउटा सामाजिक अभियान हो ।’
देश विदेशमा रहेका नेपाली युवाहरुलाई यस अभियानमा जोडिएर आगामी निर्वाचनमा आमूल परिर्वतन ल्याउनका लागि योगदान गर्नसमेत उनले आह्वान गरेका छन् ।

यस अभियानमा जोडिएका युवाहरुले सरकार र विभिन्न निकायसँग सहकार्य गरेर विशेषगरी युवाहरु र देश विकासको पक्षमा रचनात्मक भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
सरकारले जनताको आवाजलाई बेवास्ता गरिरहेको भन्दै अब युवाहरुले त्यसलाई सुधारको प्रयत्न गर्ने भन्दै नेताहरु नसुध्रिएको खण्डमा युवाहरुले अर्को निर्वाचनमा भोट बाहिस्कार गर्ने उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्