काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई इजरायलमा रहेका नेपालीहरुको उद्धारमा ढिला नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार सिंहदबारमा बसेको संसदीय दलको बैठकले इजरायलमा घाइते नेपाली विद्यार्थीहरुको उपचार , शव नेपाल ल्याउने र नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउन छिटो पहलकदमी गर्न आग्रह गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने, ‘इजरालयमा जुन घट्ना घटेको छ । घटनामा परि नेपाली विद्यार्थीको निधन भएको छ । उहाँहरु सबैलाई समवेदना प्रकट गर्ने । शव नेपाल ल्याउने, घाइतेहरुको उपचार लगायत नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउनेलगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्न आग्रह गर्ने निर्णय भएको छ ।’
४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले इजरायलमा रहेको नेपालीहरुको उद्धार र घाइतेको उपचारबारे निर्णय लिने पनि उनले जानकारी दिए । उनले आजै बस्न लागेको सर्वदलीय बैठकमा पनि त्यसबारे छलफल हुने बताए ।