काठमाडौं । मौसम विद् शान्ति कँडेलले, मौसम पूर्वानुमान महाशाखामा जनशक्तिको अभावले
पर्याप्त अध्ययन ,अनुसन्धान गर्न नसकिएको बताएकी छिन् ।
सोमबार काठमाडौंमा आयोजित प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौसम पूर्वानुमान धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने विषय भएता पनि सीमित जनशक्तिको कारण पर्याप्त अध्ययन तथा अनुसन्धान गर्न नसकिएको बताएकी हुन् । उनले भनिन्,‘ मौसम पूर्वानुमान यस्तो विषय हो ।
जुन धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । विभागमा एकदमै सीमित जनशक्ति छौं । धेरै अध्ययन अनुसन्धानमा समय दिन सक्दैनौ र अध्ययन अनुसन्धान कम हुने बित्तिकै शुद्धतामा पनि कम हुन्छ ।’ उनले प्रभावमा आधारित मौसम पूर्वानुमानमा धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै नेपालमा उच्च स्तरको प्रविधि नहुनु प्रमुख चुनौती रहेको बताइन् ।
‘ प्रभावमा आधारित मौसम पूर्वानुमान त भनियो तर त्यसमा बिभिन्न प्रकारका चुनौतीहरु रहेका छन् ।
जहिले पनि आफूले सुरु गरेपछि मात्र थाहा हुने रहेछ । नेपाल यस्तो एउटा देश हो जहाँ एक एक मिटरकै बीचमा पनि तापक्रम फरक पर्ने हुन्छ ।’ उनले भनिन्, ‘हामी मौसम विद् भएको हिसाबले त्यो गर्न एकदमै चुनौती छ । प्रकृतिले नै दिएको चुनौती हो यो र हामीसँग जुन प्रविधि छन् । युरोप अमेरिकामा जस्तो उच्च स्तरको छैन् । त्यसैले यसमा पनि चुनौती छ ।’