इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारको पहल सुरु

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई सरकारले उद्धारको लागि पहल सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत आवत-जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारि दिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘ मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेशनको तयारी भइरहेको छ ।’

गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो । जसको तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन् ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाी बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लमिखेल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्