काठमाडौँ । जनता समाजवादीका प्रमुख सचेतक तथा सांसद प्रदीप यादवले प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको भन्दै यसको खारेजी सोच्न सम्म पनि नसकिने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको भन्दै प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा आएको होईन् ।
उनले भने, ‘अहिले धेरै प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको छ । संघीयता यसरी आएको होइन, कसैको चाँहि आशिर्वादमा, हुकुम बक्सिसमा आएको होइन । संघीयता नेपाली जनताको बलिदानीले आएको छ । नेपाली जनताको खुन पसिनाले आएको छ । संघीयतालाई मजबुत बनाउनका निमित्त सरकारको काम हो ।’
उनले सरकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने र प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ भन्दै प्रश्न गरे ? अघिल्लो सरकारले जस्तै वर्तमान सरकार पनि प्रदेश बदनाम गर्ने बाटोमा गइरहेको उनको दाबी छ ।
उनले भने,‘सकारले चाँहि सम्पूर्ण शक्ति केन्द्रमा राख्ने प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ ? प्रदेश त बदनाम भइहाल्छ अघिल्लो सरकारले पनि त्यै काम ग¥यो, अहिलेको वर्तमान सरकार पनि त्यै बाटोमा गइरहेको छ ।’