नेपालको विद्युत विकासका लागि विधेयकमै प्रष्ट व्यवस्था हुन जरुरी: खतिवडा

नेपालको विद्युत विकासका लागि विधेयकमै प्रष्ट व्यवस्था हुन जरुरी: खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले, नेपालको हाइड्रोपावरको विकासका लागि विधेयकमै आधारभूत विषयहरु समेटेर जानुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्युत विधेयक २०८० विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य ऐनका कारण हाइड्रोपावर निर्माणका समस्या नहोस् भन्ने तर्फ विषेश ध्यान दिनु पर्ने बताए ।

‘वन ऐन भन्दा यो ऐन सुपर सेटिङ त हुँदैन होला । त्यसो हुनाले वन ऐनले कतिपय व्यवस्था अव्यवहारिक गरेका कारणले जल विद्युत उत्पादकहरुलाई कुन वनस्पति कहाँ रोक्ने कसरी रोप्ने भन्ने थाहा हुदैन तर्सथ सहज र सरल वनलाई पुगेको क्षतिको क्षतिपूर्तिसहित उसले भरण गर्ने वन रोप्ने काममा फेरी वन विज्ञ रोज्दै हाइड्रोपावर डेभलपरहरु हिड्नु पर्ने अवस्था नहोस् । ’ उनले भने ।

त्यस्तै उनले हाइड्रोपावर लगानीकर्ताहरुले गर्नु पर्ने विकासका कामको विषयमा पनि ऐनमै प्रष्ट व्यवस्था हुनु पर्ने उनको भनाई छ ।
ऐनमा ग्रामिण विद्युत उत्पादनको विषयलाई छुटाउन नहुने भन्दै कुनै कारणले लाईसेन्स खोसिने अवस्था आयो भने लगानीकर्ताहरुले खर्च गरेको रकमको क्षतिपूर्ति भने सरकारले दिनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्