काठमाडौं । सभामुख देवराज घिमिरेले, साहित्य समाजको ऐना भएको बताएका छन् ।
छन्द–तरङगको पाँचौ वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, साहित्यले समाजको यथार्थ चित्रण गर्ने भन्दै यसको लेखन र प्रयोग पनि समाजको हितमा हुनुपर्ने बताएका हुन् ।
‘नेपाली साहित्य जसरी उत्पत्ती भयो र जुन ढङ्गबाट यसले प्रभाव पारेको छ । यसले समाजको यथार्थलाई चित्रण गर्ने, समाजलाई बाटो देखाउँने र त्यो बाटोमा हिन्नको लागि आवश्यक अनुशासन, पद्धती, तरिका र त्यसका स्तरहरु बताउँने र समयानुसार यसलाई विकास गर्ने प्रत्येक कुराहरु गर्न सक्छ, गरिरहेको छ ।’ उनले भने ।
परापूर्व कालदेखि नै नेपाली साहित्यले नेपाली समाजको यथार्थ चित्रण गरेको भन्दै उनले साहित्य राजनीति र समाजको सम्बन्ध अन्योन्याश्रित रहेको बताए ।
‘साहित्य र राजनीतिलाई समाज निमार्णको लागि एकै स्थानमा ल्याउँने कुरामा हामी एकै स्थानमा छौ ।
खाली यसलाई गती कसरी दिने, व्यवहारिक रुप कसरी दिने, साहित्यकारले जे उद्देश्यले कलम चलाउँने गर्छ राजनीतिज्ञहरु पनि त्यसैको लागि लाग्ने गरेको छ त्यसकारण हामीमा समानता छ ।’ उनले भने ‘तर यसलाई व्यवहारिक कसरी बनाउँन सकिन्छ । राजनीतिमा यसलाई उतार्नको लागि के गर्नुपर्छ ।
अनुसाशन, त्याग, समर्पण, दृष्टिकोणलाई स्पष्ट बनाउँने विषयमा के गर्नुपर्छ । यो सबै कुराहरुमा जनताको कानमा, गाँउमा गाँउमा रहेका बस्तीमा साहित्य प्रभावित हुन्छ ।’
उनले साहित्यको माध्यमबाट समाज र राष्ट्रको लागि अझ उत्साहित बनाउँन आवश्यक रहेको बताए ।