कम्युनिष्ट आन्दोलनका धरोहर नै विसर्जनवादमा पतन: अध्यक्ष कट्टेल

कम्युनिष्ट आन्दोलनका धरोहर नै विसर्जनवादमा पतन: अध्यक्ष कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले, आफूलाई कम्युनिष्ट आन्दोलनका धरोहर ठान्ने शक्तिहरू नै विसर्जनवादमा पतन भएको आरोप लगाएका छन् ।

शुक्रबार   काठमाडौँमा राष्ट्रिय क्रान्तिकारी नेपालद्वारा आयोजित आन्दोलनका सन्दर्भमा सयूक्त मोर्चा विचार विषयक गोष्ठिलाई सम्बोधन गर्दै उनले आफूलाई कम्युनिष्ट आन्दोलनका धरोहर ठान्ने र मूल प्रभाव ठान्ने शक्तिहरू विसर्जनवादमा पतन भएर साम्राज्यवाद र विस्तारवादको एजेण्ड भएर काम गरिरहेको आरोप लगाएका हुन् ।

‘सत्तामा रहेका प्रतिक्रियावादीहरूको हमलाबाट थेग्नु अर्को कुरा छर्दै छ । आफूलाई कम्युनिस्ट आन्दोलनका धरोहर ठान्ने र मूल प्रभाव ठान्ने शक्तिहरू आज जसरी विसर्जनवादमा पतन भएका छन् ।’उनले भने,‘ दलाल पुँजीवाद जसको जे नाम राख्नुहोस् । साम्राज्यवाद र ,विस्तारवादको एजेण्ड भएर काम गरिरहेका छन् । उनको मुख्य काम कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई समाप्त गर्नु र दलालवाद र पुँजीवादकाको राज्य सत्तालाई बोक्नु हो ।’

उनले नेकपा एमाले र माओवादी पार्टीले साम्राज्यवाद ,विस्तारवाद ,दलालवाद र पुँजीवादको छाता ओढेर कम्युनिस्ट आन्दोलनको विसर्जन गरिरहेको आरोप लगाए ।

उनले भने,‘एमाले र माओवादी नाम गरेको पार्टी जो अहिले साम्राज्यवाद ,विस्तारवाद ,दलालवाद र पुँजीवादको छाता ओढेर कम्युनिस्ट आन्दोलनको विसर्जन गरिरहेका छन । त्यसका विचार र चिन्तनका विरुद्ध व्यापक वैचारिक बहस गरेर यो विसर्जनवादलाई पर नगरेसम्म कम्युनिस्ट आन्दोलन बाच्दैन ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्