काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङदेनले, राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् भन्ने अभिव्यक्तिहरु दिएकोप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे ।
‘केहीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्न पर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन् । उनको गतिविधीका ध्यान दिनु पर्यो भनेर आग्रह अनुरोध गरेका छन् । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु । त्यसबारे प्रष्ट गर्नुहोला । ’
उनले जघन्य हत्याका अपराधिहरुलाई जेलबाट छोड्ने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नामम बनाउने,नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाउने र क्विन्टलका क्विन्टल सुन ल्याउने काम चाहिँ लोकतान्त्रीक हो ? भन्दै प्रश्न गरेका छन्