एकीकृत निजामती ऐन माग गर्दै प्रर्दशन जारी

एकीकृत निजामती ऐन माग गर्दै प्रर्दशन जारी

काठमाडौं । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन जारी राखेका छन् ।

निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरुले आजपनि काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागीहरुले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको जानकारी दिए ।

आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्