बाँकेमा अनिश्चितकालका लागि कर्फ्यू

बाँकेमा अनिश्चितकालका लागि कर्फ्यू

काठमाडौं। लुम्बीनी प्रदेशको बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिकाभर कर्फ्यू आदेश जारी । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको सिमा क्षेत्र  पूर्वमा राप्ती नदी पुल , प्रश्चिममा खजुरा जाने बाटो , उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका रहेको जिल्ला प्रशामसन कार्यलय बाँके , नेपालगञ्जले जारी गरेको पत्रमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यू जारी गरेका हुन्।

पछिल्लो समय नेपालगञ्जमा धार्मिक सद्भाव खल्बलिएकाले स्थिति शान्त नहुञ्जेलका लागि कर्फ्यू आदेश जारी गरिएको उनले बताए।

त्यहाँ हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना भइरहेको छ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्