भ्रष्टचारविरुद्धको अभियानले विश्राम लिनेछैनः गृहमन्त्री श्रेष्ठ

भ्रष्टचारविरुद्धको अभियानले विश्राम लिनेछैनः गृहमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचारविरुद्धको अभियानले विश्राम नलिने बताएका छन् । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने–कसको फाइल खुल्छ भनेर भन्न सकिदैन तर हामी विश्राम लिन्नौँ शुसासन कायम गर्न अगाडी बढ्छौँ ।

‘के कुरा सतहमा आएको छ वा प्रारम्भिक अनुसन्धान गर्दा केही गडबढी छ की भन्ने लाग्दा त्यहाबाट थाल्ने कुरका हुन्छ पर्दा खेरी सबै खुल्न सक्छन्, तर प्राथमिकताका आधारमा सबै एकैचोटी गर्न त सकिदैँन, विश्राम लिइदैँन ।’
देश लुटिरहने हामी हेरिहने अवस्थामा छैनौ भ्रष्टचार गर्नेलाई रातो कार्पेट विच्छाउने पक्षमा सरकार नरहेको श्रेष्ठले बताए । कोही निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने उनिहरूलाई डाम्ने र कुनै दोषीलाई अनावश्यक दबाबमा सरकारले छोड्ने काम गर्ने छैन । तथ्य र प्रमाणले भेटेका दोषीलाई कारबाही गरेरै छाड्ने श्रेष्ठले स्पष्ट पारे ।

कारवाही गर्ने क्रममा राजनीतिक सौदाबाजी नगर्ने श्रेष्ठले बताए । सरकार विधिसम्मत जादाँ कतिपय जनताका अपेक्षा पुरा नभएको हो तर, विधिसम्बत जाने क्रममा ‘राजनीतिक सौदाबाजी’को आधारमा वा अन्य कुनै अवान्छित चलखेलको आधारमा सरकारले संझौता गदैँन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्