कर तिरेका छौँ भनेर राज्यलाई लुट्ने छुट दिन सकिदैँनः गृहमन्त्री श्रेष्ठ

कर तिरेका छौँ भनेर राज्यलाई लुट्ने छुट दिन सकिदैँनः गृहमन्त्री श्रेष्ठ

विमल तिवारी,पोखरा। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य ठग्नेलाई कारवाही गर्न खोज्दा राजनीतिक दवाव आउने गरेको बताएका छन् । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई पोखरामा सम्बोधन गदै श्रेष्ठले अपराध गर्ने कसैलाई पनि छुट दिन नसकिने बताए । कारवाही गर्न खोज्दा निरन्तर हस्तक्षप भइरहेको उनले बताए ।

‘स्थिती कस्तो छ , भने कुनै अपराधको काममा, ठगिको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ट भएको मान्छे पर्यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्छन्–‘उत नेता हो हाम्रो पार्टीको हो, गठबन्धनको हो प्रतिपक्षको हो गर्न पाइदैन ।’ त्यसरी चल्दैन यो देश अब यसरी संचालन हुन सक्दैन । कर्मचारीले कुनै गल्ती गर्यो कारवाही गर्न थाल्यो भने कर्मचारी संगठनले बोल्न थाल्छ । कर्मचारीले पनि त्यस्तो गर्न भएननी श्रेष्ठले भने ।’

उद्योग व्यवसायीहरू गल्ती, अपराध गर्नेलाई कारवाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दवाव सुरु हुन्छ उद्योग व्यवसायीलाई गर्न भएननी हामीले कर तिरेका छौँ भन्छन् । ठिक छ त निजी क्षेत्रलाई पनि हामीले भने कै छौँ त– निजी क्षेत्रको सहयोग साथविना नेपालको अर्थतन्त्रलाई सकारात्मक तिर लान सकिदैन । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिदैँन, कसैँलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिदैँन, कसैँलाई पनि अपराध गर्ने छुट दिन सकिदैँन ।

यस प्रकारको दवाव हस्तक्षपको प्रकृया भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सक्दैनौँ, श्रेष्ठले भने ।
सत्तासंग पहुँच भएका राजनीतिक नेताहरू र कर्मचारीहरुको संलग्नता वा उनिहरूलाई प्रयोग गरेर हुने जाजसाजी, कृते, ठगि र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकाय र कर्मचारीलाई संविधान कार्यान्वयन, ऐन कार्यान्वयन गर्न र लोकतन्त्रको प्रत्याभूति व्यवहारमा जनतालाई दिन आफ्नो कर्तव्य निर्वाह गर्न त्यसमा कुनै पनि प्रकारको अभान्छित हस्तक्षपबाट भयवित नहुन आस्ववस्त पारे ।
शुसाशन आजको समृद्धिको अभियानको लागि पूर्व सर्त हो । मिटर व्याजी, अनुचित लेनदेन र सहकारीमा आर्थिक समस्या सृजना गरेर शान्तिसुरक्षा खलबलाउने प्रयास भइरहेको मन्त्री श्रेष्ठले बताए ।

पीडितलाई न्याय दिनु राज्यको पहिलो काम रहेको भन्दै श्रेष्ठले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती र उपेक्षालाई छुट नहुने भन्दै मातहतका निकायलाई गम्भिरताका साथ काम गर्न निर्देशन दिए । जनताको बचत ठग्नेविरुद्ध कडाइपूर्वक कारवाहीको प्रकृया अगाडी बढाएर बचतकर्ताको बचत फिर्ता गर्ने तर्फ काम गर्न उनले निर्देशन दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्