पृथ्वी राजमार्गको निरीक्षणमा मन्त्री ज्वाला,कामको गति र प्रगति हेरेर एक्सनमा जान्छौँ

पृथ्वी राजमार्गको निरीक्षणमा मन्त्री ज्वाला,कामको गति र प्रगति हेरेर एक्सनमा जान्छौँ

 विमल तिवारी ,पोखरा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको निरीक्षण गदैँ यातायत संचालनलाई अवरोध नहुने गरी निर्माणलाई अगाडी बढाउन निर्देशन दिएका छन् । शुक्रबार आयोजनाको निरिक्षण गर्ने क्रममा सडक डिभिजन कार्यालय दमौलीमा आयोजना प्रमुख लगायतलाई मन्त्री ज्वालाले दुई लेनमा पूर्णरुपमा यातायात संचालन हुने गरी काम गर्न निर्देशन दिएका हुन् ।

दुईवटा कुरा पहिले पनि निर्देशन दिएको थिए ति कुरा लागू नभएको देखियो उनले भने, ‘सामाग्री पनि थुपारेको छ, काम पनि गरिरहेको छ तर, गाडी हिड्ने ट्रयाक अझै पनि मर्मत भएको छैन , एउटा ट्रयाक मर्मत गरिदिनुन गाडीहरू सहज रुपमा हिड्न सक्ने गरी ।’

एकतर्फी मर्मत गर्दिन, एक साइड निर्माणलाई कडा रुपमा लागू गर्नपर्‍याे मन्त्री ज्वालाले भने, ‘दुवै तिर भत्कायो दुवै तिर काम सँगसँगै गराइदियो सम्पन्न एकै पटक त होला त्यो त राम्रो होला, अहिले पनि उपभोग त गर्न पर्‍याे नी । एक साइडको काम रोकेर भए पनि सामान, म्यानपावर एक साइडमै लाउन पर्‍‍याे ।’

मन्त्री ज्वालाले काममा केही सुधार भएको बताए । कामहरू केही अगाडी बढेको छ, हामीले धेरै प्रेसर, अनुरोध पनि गरेका छौँ समन्वय सहयोग पनि गरिरहेका छौँ । सन्तुष्टि हुने तहमा प्रगति अझै अगाडी बढेको छैन, त्यसैले हामीले स्थलगत रुपमै आएर अनुगमन गर्ने, हेर्ने आयोजनाका प्रमुख, जनप्रतिनिधिसँग र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेर अझै यो कामलाई तिब्रता दिन के गर्न पर्छ भन्ने अध्ययन गर्न आएका हौँ ।

स्थलगत अनुगमबाट जे–जे फिडव्याक, जे–जे सुझावहरू आउँछन् त्यसको आधारमा अझै हस्तक्षप गरेर कामलाई तिब्रता दिने गरी हामी लागि पर्छौ। अहिले पनि घर टहरा हटाउनुपर्ने, बिजुलीका पोल तार हटाउने र साइड क्लियर गर्ने तबरबाट कुनै कमि नहुने गरी पहल गरिएको छ ।
कामको गति र प्रगति हेरेर हामी त्यही अनुसारको एक्सन र निर्णय प्रकृया अगाडी बढाउछौँ ।

मन्त्री ज्वालाले ठेक्का तोड्ने भन्दा पनि लक्ष्य अनुसार कामलाई अगाडी बढाउने पर्नेमा जोड दिए ।

‘ठेक्का तोड्ने नतोड्ने भन्दा पनि हामी मुलत काम हुनुपर्‍याे भन्नेमा छौँ । जुन लक्ष्य अनुसारको काम हनुपर्ने हो त्यो अनुसारको काम भएन । निर्धारित माइलस्टोन अनुसारको काम हुनुपर्‍याे भन्ने हाम्रो जोड त्यसमा छ । यो तोड्ने नतोड्ने भन्ने विवाद बहसमा जानुनै पर्दैन । निर्माण कम्पनीलाई हामीले चिठ्ठी पनि लेखिरहेका छौँ विभिन्न ढंगले फलोअप पनि गरिरहेका छौँ प्रेसर पनि गरिरहेका छौँ त्यसकै परिणाम स्वरुप केही कामको गति अगाडी बढेको छ ।’

हाम्रो अर्जुन दृष्टि भनेको छिटो भन्दा छिटो लक्ष्य अनुसारको परिणाम निकाल्न सकियोस् भन्ने नै हो मन्त्री ज्वालाले भने ।
निरीक्षणमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, आयोजा प्रमुख (पूर्वी खण्ड) श्यामा यादव र (पश्चिम खण्ड) राजेन्द्र प्रसाद पौडेल र निर्माण कम्पनीका प्रतिनिधि सहभागी रहेका थिए ।

पूर्वीखण्ड तर्फ ४५ प्रतिशत काम भएको यादवले जानकारी दिए । पश्चिम तर्फ भने १४.२ प्रतिशत मात्रै काम भएको र निर्धारित समयमा काम सम्पन्न नहुने अवस्था रहेको पौडेलले जानकारी दिए ।

मन्त्री ज्वालाले पोखरा सेती नदी पुल र तनहुँको मादी नदिमा बन्दै गरेको पुलको समेत निरीक्षण गरेका थिए ।

तनहुँको आँबुखैरेनीबाट जामुनेसम्म र जामुनेदेखि पोखरासम्म २ खण्डमा बाँडेर निर्माणको काम भइरहेको सडक विस्तारमा सुस्त गति भइरहेको छ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‍‍.५ किमि यो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भइ विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्