काठमाण्डौ । शुक्रबार राति ११:४७ मा गएको भूकम्प ६ दशमलव ४ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु जाजरकोट रहेको केन्द्रले जानकारी दिएको छ ।
देशभर जसो महसुस भएको भूकम्पको धक्का भारतका युपी, बिहार लगायतका ठाउँमा समेत महसुस भएको छ ।
भूकम्पका कारण रुकुमपश्चिममा धेरैजसो घरहरु भत्किएको र जनधनको क्षति भएको खबर छ । थप विवरण आउँन बाँकी ।















