काठमाडौं । कृषि तथा पशुपंन्छि विकास मन्त्री बेदुराम भुसालले, नेपालमै उत्पादन गरेको दूध हुदाँ हुदैँ बाहिरबाट दूध ल्याउँन नदिने बताएका छन् ।
साेमबार विश्व खाद्य दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले, आन्तरिक दुध उत्पादनमा प्रभाव पर्न नदिन सरकारले बाहिरबाट दुध आयात गर्न नदिने निर्णय गरेको बताए ।
त्यस्तै दुधको कारोबार गर्ने संस्थाहरुले, किसानको एक महिनाभन्दा बढिको बक्यौता राख्न नमिल्ने र स्टकमा रहेका वस्तुहरु धितो राखेर सौहुलियत ऋण उपलब्ध गराउँन सक्ने गरी मन्त्रालयले पहल गरिरहेको मन्त्री भुसालले बताए ।
‘हाम्रा किसानहरुले उत्पादन गरेको दुध हुदाँहुदैँ बाहिरबाट दुध ल्याउँन पाईदैँन्, हुदैँन् भनेर व्यवहारमा नै देखाई सकेको छु । यसले हाम्रा किसानहरुले गरेको उत्पादनमा प्रभाव पर्छ भनेर ल्याउँन नदिइएको हो । अहिले पनि गरिदैँन् ।’ उनले भने ।
उनले दुधको भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाइएको बताए ।
‘दुधको भुक्तानीको कुरा आएको छ । त्यसको लागि २ प्रकारको निर्णय गरेका छौ । एउटा एक महिनाभन्दा बढि बाँकी नरहने गरी भुक्तानी गर्ने, यो सबै दूधको कारबाही गर्ने संस्थाहरुले किसानको एक महिनाभन्दा बढिको बाँकी राख्न मिल्दैँन् भनेर, दोस्रो भनेको उत्पादन जुन स्टकमा छ । त्यो वस्तुहरु धितो राखेर सहुलीयत ऋण उपलब्ध गराउँनका लागि हाम्रो मन्त्रालयको तर्फबाट पहल गर्ने निर्णय गरिएको छ ।’
त्यस्तै, मन्त्रालयबाट गर्ने कामहरु सबै सकेपनि समर्थनको लागि अर्थ र कानूनमा जानुपर्ने भएको भन्दै सबैबाट सहमती प्राप्त भएपछि अन्तिम रुप दिएर अर्को महिनादेखि कार्यविधिहरु कार्यान्वयनमा जाने बताए ।