कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, राई र मगर बने मन्त्री

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, राई र मगर बने  मन्त्री

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले शपथ लिएका हुन् ।

मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् बनाइन लागेको छ ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी छ ।

कांग्रेसका ‘विद्रोही’ समूहमा रहेका सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्