नेपालले बहराइनलाई सात विकेटे हरायो

नेपालले बहराइनलाई सात विकेटे हरायो

काठमाडौं । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ । बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकि छँदै नेपालले पुराम गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो ।
नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो । ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे । त्यसबाहेक दिपक बोहराले ४ रन जोडे ।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न बलियो सम्भावना देखिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्