काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनीबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
उनलाई उपचारको लागि आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।
अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो । हिजो राती नै उनलाई त्यसफर्त गिएको छ ।
शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘ सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनिसमस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ’ ।
शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।