काठमाडौं । नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार निर शाह एशिएन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३ बाट सम्मानित भएका छन् । सम्मानित भएपछि उनले आफू मात्रै नभएर आफ्नो पेशा र चलचित्र क्षेत्रनै सम्मानित भएको महसुस गरेको बताए ।
शुक्रबार काठमाठडौंमा आयोजित कार्यक्रममा उनले सम्मान पाउँदा खुशी लागेको र त्यसले समग्र चलचित्र पेसा नै सम्मानित भएको प्रतिक्रिया दिए ।
‘यो पुरस्कार ग्रहण गर्ने कुरालाई मैले र म जस्तो विचारधारा राख्नुहुने साथिहरुले अक्सर कसरी लिनु भएको मैले देखेको छु भने, प्रत्येक ठाउँमा जब जब हामी सम्मानहरु ग्रहण गर्नका लागि उपस्थित हुन्छौ, त्यो सम्मान थाप्ने हातहरु मात्र हाम्रा हुन् ।’ उनले भने ‘वास्तवमा सम्मानित भएको चाँही हामी आबद्ध रहेको पेसा नै हो,क्षेत्र नै हो । त्यसलाई ग्रहण गर्ने हातहरु हरेक वर्ष भिन्दाभिन्दै हुने गर्दछन् ।
पोहोर साल अरु कसैले ग्रहण गर्नुभयो होला यो वर्ष त्यो अभिभारा मैले सम्पन्न गर्ने अवसर प्राप्त गरे । अर्को वर्ष अर्कोले प्राप्त गर्ला समष्टिमा मेरो पेसा सम्मानित भएको हो’ शाहले भने ।
उनले चलचित्र क्षेत्रको लागि सहयोग र सहायता प्रदान गर्ने मध्येमा प्रधानमन्त्री प्रचण्ड एकमात्र राजनीतिज्ञ भएको भन्दै उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे ।
‘सम्मााननिय प्रधानमन्त्री ज्यु नेपाली चलचित्र क्षेत्रका लागि अतुलनिय योगदान पुयाउने राजनैतिक क्षेत्रका मानिसहरु मध्येमा सम्माननिय प्रधानमन्त्रीज्यु एक हुनुहुन्छ।’ उनले भने ‘जुन लेबलको योगदान हामीले उहाँबाट प्राप्त गरेका छौ , त्यो देबलको सहयोग उपलब्ध गराउने त उहाँ एकमात्र राजनीतिज्ञ हुनुहुन्छ । जुनबेला नेपाली चलचित्र उद्योग आफ्नो अस्तित्वको लडाँई लडिरहेको थियो परोक्ष र प्ररोक्ष रुपमा भएका विभिन्न आक्रमणहरुबाट यो क्षेत्र आक्रान्त थियो ।
त्यतिबेला तत्काल राहतका लागि तत्कालिन सरकारले अस्थाई नीतिको तर्जुमा गरिकन सम्बन्धित मन्त्रालयमार्फत चलचित्र उद्योग र व्यवसायलाई माथि उठाउनको लागि महत्वपूर्ण कदमको प्रारम्भ भयो । त्यसको प्रारम्भकर्ता नै प्रधानमन्त्री दाहाल हुनुहुन्थयो ।’