सम्पर्कबिहीन युवाको खोजीमा कूटनीतिक सक्रियता बढाइओस्: सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सम्पर्कबिहीन बनेका नेपालीको खोजी गर्न सरकारलाई इजरायल सरकारसँग कूटनीतिक सक्रियताबाट वार्ता अगाडि बढाउन आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका रहेको भन्दै सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्ने बताए ।

उनले भने, ‘सरकारले इजरायल सरकारसँग कूटनीतिक तवरबाट वार्ता अगाडि बढाओस् । हराएका युवा बन्धकमा रहेको हुन सक्ने आशंका छ । खोजीका लागि सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्दछु । संयूक्तल राष्ट्र संघका विभिन्न संघ सस्थाहरुसँग कूटनीतिक सक्रियता बढाइयोस् ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्