काठमाडौं । कांग्रेस सांसद रामहरी खतिवडाले, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीस्तरीय आधिकारीक भ्रमण गरेको भए हुन्थ्यो भनेका छन्।
प्रतिनिधि सभा, बैठकपछि सञ्चाकर्मीसंग उनले मोदीले भ्रमण गरेको भूमि नेपाली भएकोले उनले आधिकारीक रुपमा ती क्षेत्रको भ्रमण गरेको भए राम्रो हुने बताए ।
उनले भने, ‘हामीले बहने कुरामात्र गर्नुभएन । राष्ट्रियताको मामिलामा कोही भन्दा हामी कम छैनाैँ ।
राष्ट्रियताका लागि कालापानी युद्धदेखि लिएर धेरै ठूला युद्ध भएका छन् त्यसमा नेपालीले सहादत पाएका छन । त्यो भूमि नेपालको हो भन्ने कुरामा केही विवाद छैन । र, यो विषयमा आधिकारीक रुपमा प्रधानमन्त्रीस्तरीय भ्रमण भएको भएदेखि राम्रो हुन्थ्यो । व्यक्तिगत भ्रमणको विषयमा धेरै टिप्पणी गर्दिन ।’
मोदी बिहीबार बिहान कालापानी लिपुलेक क्षेत्रमा पुगेका थिए ।
उनले त्यहाँबाट कैलाश पर्वतको दूरदर्शन र पूजापाठका गरेका छन् ।