लाचार सरकारबाट केही आशा गर्न सकिन्न : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले, बिना जानकारी छिमेकी राष्ट्रको प्रधानमन्त्रीले नेपालको भूभागको भ्रमण गर्दा पनि सरकार लाचार भएर बसेको भन्दै आक्रोश पोखेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपश्चात उनले नेपाल सरकारको नालायकीपनको पराकाष्टा प्रकट भएको दाबी गर्दै भारतमुखी सरकारबाट केही पनि आशा नभएको बताए ।

उनले भने, ‘नेपाल सरकारको नालायकीपनको पराकाष्टा भएको र भारतमुखी भएको कारणले यसरी छिमेकी राष्ट्रको प्रधानमन्त्री नेपालको भूभागमा जानकारी नै नदिई आउँदा पनि सरकार लाचार भएर टुलुटुलु हेरिरहेको छ । यो सरकारबाट हामी के आशा राख्ने ।’
यस्तै उनले यो गठबन्धन सरकारले ज्यानमाराहरुलाई पनि आम माफि दिएको भन्दै सरकारमा जान हुन्न भन्ने पक्षमा आफू रहेको बताए ।

उनले भने, ‘अहिलेको यो गठबन्धन सरकारले जसले आम माफि दियो ज्यानमाराहरुलाई, यसरी आम माफी दिएर यो सन्देश दिएपछि र हिजो पनि हामीले यो सरकारमा जादैँनौ भनेर राजीनामा दिएपछि अहिले यो गठबन्धन सरकारले जान पर्छ भन्नु जरुरी छैन् । अहिलेको यो सरकारमा जान हुन्न भन्ने पक्षमा म छु ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्