सञ्चार क्षेत्र चरम संकटको अवस्थामा छ : अध्यक्ष कर्णिकार

सञ्चार क्षेत्र चरम संकटको अवस्थामा छ : अध्यक्ष कर्णिकार

काठमाडौं । मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज कर्णिकारले नेपालको सञ्चार क्षेत्र इतिहासकै सबैभन्दा संकटको अवस्था पुगेको टिप्पणी गरेका छन् । नेपालको विज्ञापन क्षेत्रको आर्थिक अवस्था खस्किदा आमसञ्चारका माध्यमबाट सम्प्रेषण गरीने कन्टेन्ट स्वतन्त्र नभएको तथा यो क्षेत्रनै सकिने अवस्थातिर उन्मुख भएको उनको तर्क छ ।

बिहीबार विज्ञापन बोर्डको पहिलो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले अहिले नेपालको समग्र आमसञ्चार माध्यमको मूल स्रोतको रुपमा रहेको विज्ञापन क्षेत्रको आर्थिक अवस्था खस्किएको बताए ।

विज्ञापन उद्योगको योगदान ४० प्रतिशतमा झरेको भन्दै उनले सम्पादकीय स्वतन्त्रतामा विज्ञापनले प्रभावसमेत पारेको बताए ।
‘आमसञ्चार माध्यममा छापिने, प्रकाशन, प्रशारण हुने विषयमा सम्पूर्ण सम्पादकीय स्वतन्त्रताहरु ति माध्यममा दिने विज्ञापनमा निहित छ ।

हामी गणतन्त्र र खुला बजार अर्थतन्त्रका कुरा गर्छौ तर, हामीले आफ्नो वाक स्वतन्त्रता र आमसञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रताको कुरा गर्दा आर्थिक रुपमा परनिर्भर आमसञ्चार माध्यमले सम्प्रेषित गरेका ति खवरहरु कसरी स्वतन्त्र रहिरहन सक्छ,र स्वतन्त्र रहन नसकेको खवर सम्प्रेषणले नेपालको खुला बजार अर्थतन्त्र,प्रजातन्त्र र गणतन्त्रलाई स्थिपित कसरी गर्न सक्छ भन्ने अहिले तड्कारो रुपमा देखिएको छ ।’

उनले सञ्चारमाध्यममा विज्ञापन एजेन्सिहरुको पनि लगानी हुने र सँगै जोडिएको भन्दै सञ्चार क्षेत्रसँगै विज्ञापन क्षेत्रपनि यतिबेला लगानीको जेखिममा भएको बताए ।

उनले भने, ‘विज्ञापन एजेन्सि जसले सञ्चारमाध्यममाथी पनि लगानी गरेको छ र विज्ञापनको लागि आफ्ना ग्राहकलाई पनि लगानी गरेको छ । यतिबेला त्यो लगानी जोखिममा छ । खर्बौको लगानी गरेको आमसञ्चारका माध्यमहरु रेडियो,टिभी र अनलाईन र पत्रिकामा गरेको सबै लगानी जोखिममा छ । त्यसमा आश्रित धेरै श्रमजिवीका रोजगारी अहिले जोखिममा छ । लगभग यो क्षेत्र सकिने अवस्थातिर उन्मुख छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्