जिल्ला प्रहरी कार्यालय मुगुमा सहायता कक्ष सञ्चालन

सरकारले पत्रकारीता क्षेत्रलाई व्यवस्थित गर्दैछ: गृहमन्त्री श्रेष्ठ

मुगु । ‘सुरक्षित कर्णाली विषेश अभियान २०८०’ मूल मन्त्रका साथ जिल्ला प्रहरी कार्यालय मुगुले सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

कार्यालयमा आउने विभिन्न खालका घटनाका पीडितले दिएको उजुरीमा छानबिन गरी सहयोग गर्न कक्ष सञ्चालनमा ल्याइएको हो ।

पीडकहरुलाई सघाउने बिचैलियाहरुबाट टाढा रही पीडितको आर्थिक शारीरिक, मानसिक अवस्थालाई ख्याल गर्दै एवं अपाङ्ग, असहाय, बालबालिका, महिलाहरुले सहज रुपमा न्याय पाउने अवस्था बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।

पीडा भोगेर प्रहरी कार्यालयमा आउँदा पीडक र पीडितहरु एकै स्थानमा बस्र्ने वातावरणले गर्दा बिचौलियाले पीडितलाई विभिन्न प्रलोभमा पारी थप पीडा दिने अवस्थाको अन्त्य गर्न यस्तो गर्न लागिएको हो ।

पीडितलाई सुरक्षित र सहज रुपमा प्रहरी कार्यालयमा आफ्ना समस्या प्रस्तुन गर्ने र सहयोग पुग्ने काम गर्न नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष नुपेन्द्रबहादुर मल्लले सुझाव दिए ।

बढीजसो महिला र बालबालिकाहरु विभिन्न घटनामा पीडित हुने गरेको भन्दै स्वास्थ्यकर्मी रामदेवी केसीले उनीहरुलाई विशेष ध्यान दिएर न्याय पाउने वातावरण बनाउन आग्रह गरिन् ।

सहायता कक्षमा आउँदा पीडितहरुले सहयोग पाउने विश्वास हुने खालको काम हुनुपर्नेमा उनले जोड दिइन् ।

प्रेस युनियन मुगुका अध्याष् नन्दबहादुर रोकायाले बर्दीसहितका प्रहरी सहायता कक्षमा बस्दा पीडितहरुमा डर र धकाउने अवस्था हुन सक्ने भन्दै सादा पोशाकमा प्रहरी बसेर पीडितका गुनासाहरु सुन्ने अवस्था हुँदा सहज हुने बताए ।

यसैगरी कानुनी र व्यावहारिक पक्षसँग जानकार प्रहरीकर्मी सहायता कक्षमा बस्दा अझ बढी प्रभावकारी हुने उनको भनाइ थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र ओखडाले प्रहरी कार्यालयमा आएका पीडितहरुको गुनासो सुनेर संविधान र कानुनमा भएको व्यवस्थालाई अँगाल्दै पीडितका पक्षमा न्याय दिन सहायता कक्ष सञ्चालन भएको बताए ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिस्नुकुमार भामले पीडितले न्याय पाउने र पीडकले कानुनी सजाय पाउने अवस्था बनाउन आफूहरुले पनि सहयोग गर्ने बताए ।

प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले पीडितले सहज रुपमा छिटो छरितो गरी न्याय पाउने एवं पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्