काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक, पदम गिरीले स्थानिय तहका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले, स्थानिय तहका कर्मचारीहरुको आन्दोलनमा सरकारको कदमको निन्दा गरेका छन् ।
उनले भने, ‘स्थानिय तहका कर्मचारीले गरेका शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्ण दमनमा उत्रिएको छ । धेरै कर्मचारीहरु घाईते भएका छन् । सरकारको उक्त कदमको निन्दा गर्न चहान्छु ।’
यस्तै, उनले चाडपर्वको अवसरमा सरकारले चिनीको अभाव गरेर कालो बजारीलाई प्रश्रय दिएको भन्दै जनताले सहज रुपमा पाउँनु पर्ने सामानको सहज आपूर्तिको माग गरे ।
उनले भने, ‘चाडपर्वको अवसरमा चिनिको अभाव सिर्जना गरिएको छ । नेपालका उद्यामीहरुसँग प्रयाप्त मात्रामा चिनी छ तर त्यो बजारमा आउँन सकेको छैन् । र बजारमा कालो बजारी मौलाएको छ । सरकारले त्यस्तो कालो बजारीलाई प्रसय दिने काम गरेको छ । जनतामाथि यती ठूलो खेलवाड नगरोस र जनताले सहज रुपमा पाउँनु पर्ने सामानलाई यस्तो प्रकारले बञ्चित नगरियोस भन्न चहान्छु ।’