कलकारखाना सिध्याएर देशलाई तस्करीको अड्डा बनाइएको छ: व्यवसायी प्रसाँई

कलकारखाना सिध्याएर देशलाई तस्करीको अड्डा बनाइएको छ:  व्यवसायी प्रसाँई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाँईले देश, उद्योग धन्दा र कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्नी ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेका दलहरुले, देशलाई सुन तस्करी गरेर, उद्योग धन्दा कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिना खेल्नी ठाउँ जस्तो बनाएको तर्क गरेका हुन् ।

उनले भने, ‘यहाँ नक्कली पैसा र सुनको कारोबार हुन्छ । यो देश उद्योग धन्दा कल कारखाना सबै सकाएर तस्करी अड्डा क्यासिना खेल्नी ठाउँजस्तो बनाएका छन् । हामी क्यासिनोको गोटी हौं यिनीहरुको ?

विभिन्न नेताहरुको नामै लिएर गम्भीर आरोप लगाएका उनले उपसभामुख ईन्दिरा राना मगरले बाल मन्दिरबाट ५ जना बच्च बेचेको दाबी गरे ।
बाल मन्दीरको १७ वटा बच्चा बेचिएकोमा ५ वटा बच्चा उपसभामुखले बेचेको प्रमाण रहेको आफूसंग रहेको उनको दाबी छ ।
उनले भने,‘बाल मन्दीरको १७ वटा बच्चा बेचेको रहेछ १७ वटा मध्येमा ५ वटा बच्चा पत्ता लाग्यो कस्ले कहाँ कहाँ बेचेको रहेछ । उपसभामुखले नै बेचेको प्रमाण मसंग सुरक्षीत छ । कस्तो मानिस राखेर देश हाँक्न खोज्दै हुनुन्छ ।’

व्यवसायी प्रसाईँले केपी शर्मा ओलीले देशको सबै पैसा टावरमा र मानीस नै नभएको ठाउँ जनकपुरमा रोखेको रेलमा लगेर थुपारेको टिप्पणी गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्