बाल सुधार गृह व्यवस्थित गर्न सबै मन्त्रालयबीच समन्वय आवश्यक: मन्त्री आचार्य

सुधार गृह व्यवस्थित बनाउन आवश्यक छ: मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले, बाल सुधार गृहको समस्या समाधानको लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा सोमबार भएको बाल सुधार गृहहरुमा भएको तोडफोड र झडपबारेको छलफलमा उनले गृह, स्वास्थ्य, उद्योगलगायत सबै मन्त्रालयको प्रतिनिधि बोलाएर समितिले त्यही अनुसारको निर्देशन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो समस्याको समाधान मन्त्रालय एक्लैले गरेर केही हुदैँन् । सुरक्षाको कुरामा गृह मन्त्रालय त्यहाँ हुनु पर्यो, त्यहाँभित्र स्वास्थ्यका कुरा पनि आउँछ स्वास्थ्य मन्त्रालयको पनि प्रतिनिधित्व हुनु पर्यो, त्यहाँको बच्चाहरुलाई पढाउँने काम पनि गर्नुपर्ने छ त्यसको लागि शिक्षा मन्त्रालयको पनि प्रतिनिधित्व हुनुपर्छ, उद्योग मन्त्रालयमार्फत तालिमको व्यवस्था पनि हुनुपर्छ । यी सबै मन्त्रालयको प्रतिनिधि बोलाएर सरकारले त्यही अनुसारको निर्देशन गर्ने हो भने बाल सुधार गृहमा रहेका बच्चाहरुलाई पछि गएर असल नागरिक बन्नलाई मद्दत पुर्‍याउँछ ।’

उनले सबै प्रकारको अपराध गरेका र १० वर्षदेखि २६ वर्षसम्मको सबै बच्चाहरुलाई एकै ठाँउमा राख्ने भएको कारणले पनि धेरै समस्या देखिएको भन्दै सुधार केन्द्रको अवधारणा राम्रो रहेको बताए ।

उनले भने, ‘सबै प्रकारको अपराध गरेका र १० वर्षदेखि २६ वर्षसम्मको सबैलाई एकै ठाँउमा राख्ने भएको कारणले पनि त्यहाँ समस्या देखिएको हो । लागू औषध गर्नेहरुलाई सुधार केन्द्रमा पनि लगेर राख्ने गरेको पाइन्छ त्यसकारण सुधार केन्द्रको अवधारणा पनि छ । लागू औषधमा परेका कोही छन् भने उनीहरुलाई सुधार केन्द्रमा लाने हो भने केही सुधार हुन सक्छ ।’

उनले सुधार गृहमा राख्नेहरुलाई उमेर समुहको आधारमा व्यवस्थित गर्नु पर्ने भन्दै त्यसका लागि बाल सुधार केन्द्रको सुधार आवश्यक रहेको बताए ।
‘१८ वर्ष पुगेका बच्चा र १०, ११ वर्षका बच्चाहरुलाई एकै स्थानमा राख्ने हो भने पनि राम्रो हुदैँन् । हाम्रो सुधार केन्द्रहरुमा क्षमताभन्दा बढि नै बच्चाहरु रहने गरेका छन् । एउटा समस्या त्यहाँ पनि छ ।
हरेक बाल सुधार केन्द्रमा यही अवस्था छ कहिले के हुन्छ भन्न सकिदैँन् । यस विषयमा राज्यले गम्भीर भएर सोच्न आवश्यक छ ।’ उनले भने ‘बाल सुधार गृहमा बालबालिकाबाट भएको कमि कमजोरीलाई सुधार गरेर पछि गएर असल बनोस भन्ने उद्देश्यले बाल सुधार गृहको स्थापना भएको हो तर पछिल्लो समय सुधार गृहमा जुन किसिमको घटनाहरु भईरहेका छन् । त्यो लज्जाको विषय हो । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्