काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुगेका उनले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गर्नुका साथै भूकम्प पीडितसंग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेसंगै पीडितलाई राहत पुर्यउन स्थानीय निकायलाई आवश्यक निर्देशन समेत दिएका छन् ।