सडक मर्मत सम्भारका लागि सरकार गम्भीर छ: मन्त्री ज्वाला

सडक मर्मत सम्भारका लागि सरकार  गम्भीर छ: मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत बजेटको अभावका कारण भनेजस्तो व्यवस्थापन हुननसक्ने अवस्था नरहेको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला रहेको भन्दै उनले बजेट अभावमा भनेजस्तो व्यवस्थापन हुन नसक्ने अवस्था रहेको बताए ।

उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । तर बजेट अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् ।’

मन्त्री ज्वालाले भएका स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, ‘भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी व्यवस्थित गरिसक्छौँ । त्यसैअनुसार हामीले निर्देशन दिइरहेका छौं ।’

उनले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने पनि जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने पनि बताए ।
उनले भने, ‘यातायात कार्यलयसँग समन्वय गरेर टिकटको अग्रिम बुकिङ खुला गर्ने यो सबैभन्दा महत्वपूर्ण काम छ । अग्रिम बुकिङ खुला गर्नेदेखि लिएर सार्वजनिक सवारी साधनहरु सहज रुपमा सञ्चालन गर्न सकिन्छ । भाडा दर जथाभाबी उठाउँनेलाई कडा कारबाही गरिने छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्