काठमाडौं । पश्चिम नेपालको बझाङ केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा सो भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।
सो धक्का काठमाडौंमा समेत सामान्य महसुस भएको छ । स्थानीयले उल्लेख गरेका छन् । थप विवरण आउन बाँकी छ ।