काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले संविधान दिवसको वहानामा अपराधीलाई छोडेर हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिभिसभाको बैठकलाई सम्बोधन गर्दै उनले, एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने सरकारले हिंसाका घटनालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाएका हुन् ।
संविधान दिवस भन्ने पारेर फागुन १ गतेको उत्सवमा एसिड प्रहार गर्ने अपराधीलाई छोडिएको उनको दाबी छ ।
‘एसिड आक्रमणको सिकार भएको पीडितलाई उपचार दिन नसक्ने अनि हिंसा र त्यस्ता घट्ना प्रोत्साहन गर्न अपराधीलाई चार वर्ष पनि भएको छैन् । कानुन कडा ल्याईयो भनेर खुःसी मनाईयो तर सरकाले अस्ति छोड्दियो ।’ उनले भने ‘फागुन १ गतेको उत्सवमा छोड्यो कि, न संविधान दिवस भन्ने पारेर छोड्यो कुन दिन त्यत्ति याद भएन ।’
उनले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार भएको दाबी गरे ।
उनले विकासका कामहरुलाई ठप्प पार्ने ,चलिरहेका आयोजनाहरू रोक्ने र भुक्तानी नदिने जस्ता काम सरकारबाट भएको टिप्पणी गरे ।
उनले भने, ‘उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् ।
सरकारले भुक्तानी दिदैन्। त्यसैले अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् हामी सबैलाई थाहा छ वास्तवमै यी सरकारहरु चरम अनुत्तरदायी गैर जिम्मेवार देखिएका छन् । स्वेच्छाचारी देखिएका छन् । विकास विरोधी देखिएका छन् । विकासका कामहरुलाई ठप्प पारेका छन् ।
चलिरहेका आयोजनाहरू रोकिएका छन् । भुक्तानी दिएको छैन् । उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् सरकारले भुक्तानी नदिएर ।’
गठबन्धन सरकारले कोशीमा स्वार्थका लागि संविधानलाई ‘प्यारालाइज’ गर्यो
अध्यक्ष ओलीले गठबन्धन सरकारले कोशी प्रदेशमा सरकार निर्माणको क्रममा आफ्नो स्वार्थ पूर्ति गर्न संविधानलाई ‘प्यारालाइज’ गरेको समेत बताए। उनले कोशी प्रदेशमा गठबन्धन सरकारले गरेको कामले त्यसलाई प्रस्ट पारेको समेत उल्लेख गरे ।
उनले भने, ‘कोशी प्रदेश सरकार गठनको क्रममा प्रदेश सभामा देखिएका संविधान विरुद्धका ज्यादतिहरु र त्यसमा प्रधानमन्त्री र गठबन्धनले नेपथ्यबाट दिएका निर्देशन हेर्दा यो गठबन्धन सरकार आफ्नो स्वार्थका लागि संविधानलाई प्यारालाइज गर्न किञ्चित पछि नपर्ने स्पष्ट भएको छ ।’
उनले कोशीमा गठबन्धनको बलमिच्याइँ पुष्टि भएको समेत उल्लेख गरे ।
‘कोशीमा बलमिच्याइँ गरिएको छ । गठबन्धनले केन्द्रबाट आदेश लादेको छ । प्रदेश प्रमुखलाई निरीह बनाएको छ । त्यहाँका सभामुखलाई राजीनामा दिन बाध्य बनाएको छ । राजीनामा दिएबापत सभामुख फेरि दलको कठपुतली हुन मञ्जुर हुनुपर्ने अवस्थामा पुर्याइएको छ,’ ओलीले भने ।
सरकारकै आडमा आफूमाथि सांघातिक हमला भएको दाबी
ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई समातेजस्तो मात्र गरेर छोड्दिएको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारले गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्दा सम्म कारबाही गर्न नसकेकोमा आपत्ति जनाएका हुन् ।
‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन । प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ । गराउँछ हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्ने त्यस्ता मानिसहरुलाई समाउदैन, समाते पनि तत्काल छाड्छ ।’ उनले भने, ‘प्रहरीको टाउको फुटाउने र दाँत भाचिने स्थितिसम्मका हमला भएका छन् । हामीलाई हमला गर्ने त्यसमा केही पनि नगर्नु भन्ने ।
हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका प्रमुख पार्टीहरुका कार्यकर्ता हुन् ।’
उनले सरकारले फाईल खोल्छु भन्ने तर खोलेको फाईलहरु बीचमै छोड्ने गरेको आरोप लगाए ।
‘यो फाईल खोल्छु त्यो फाईल खोल्छु तर आफ्नो समर्थक पत्रकारलाई सोधिन्छ फाईल के गर्नुहुन्छ । मैले त्यसै बेला भनेको थिए खोल्नुहोस् खेलेको फाईलको के छ हालत । ललिता निवासको फाईल त खोल्नुभयो तर बन्द गर्न कति गार्यो भयो ? कसरी बचाउने भनेर पसिना छुटाएको थियो।’
सरकारले सभामुखको गरिमा ख्याल गरेन
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारले सभामुखको विदेश भ्रमणका क्रममा आवश्यक कर्मचारी नपठाएर अपमान गरेको भन्दै आक्रोश पोखे। उनले आयरल्यान्ड भ्रमणका लागि सभामुखसंग एकजना पिएलाई मात्रै पठाएको भन्दै उनले अपमान भएको बताएका हुन् ।
‘सम्माननीय सभामुखज्यूलाई आयरल्यान्डबाट निम्तो आयो जानुप¥यो भन्दा सरकारले एउटा पीएलाई झोला बोकाउनु जानु दुईजना भन्ने जवाफ दिने दुनियाँमा कुनै सभामुख पीए मात्र लिएर हिँडे हुन्छ ? उनले भने, ‘कुरा सभामुखको मात्र हैन, संसद्को गरिमाको हो । सभामुख जाँदा कर्मचारी लान नपाउने, सहयोगी लान नपाउने कस्तो खालको इन्साफ हो तपाईहरुको ? सम्मान सरकारमा हुनेलाई मात्र चाहिने? यहाँ सभामुखको गरिमा छैन ?’
उनले पूर्व राष्ट्रपतिहरूको हालत के छ भनेर सरकारले खोजी नगरेकामा पनि आपत्ति जनाए ।
उनले भनने,‘अहिले पूर्व राष्ट्रपतिहरूको हालत के छ थाहा छ ? कसरी बस्नु भएको छ ?के खाएर बस्नुभएको ?सम्माननीय प्रधानमन्त्री ज्यू यहाँलाई थाहा छ?उहाँहरुले खान पाउँनुभएको छ कि तातोपानी खाएर बस्ने अवस्थामा पु¥याउनु भएको छ ? आफ्नो व्यवस्था भए । आफ्नो १० पुस्तालाई पुगे भयो अरुको जिविका चलोस् कि नचलोस ।’
न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजियो
ओलीले सरकारले न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका छन् । उनले सरकाले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको भन्दै न्यायलयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाए ।
‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता,स्वच्छता स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको छ । न्यायलयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो ?’ उनले भने, ‘सम्भव छैन । हामी पनि छौँ यो देशमा ।
हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’
उनले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन समेत हुन आग्रह गरे ।