कालोबजारी नियन्त्रण गर्न सांसद जबराद्वारा सरकारको ध्यानाकर्षण

कालोबजारी नियन्त्रण गर्न सांसद जबराद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले दशै तिहारमा हुने कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले तीन महिनामा महङगी अत्यन्तै बढेको भन्दै दशै तिहार चाडपर्वमा हुने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनका लागि सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने,‘ यो तीन महिनामा महङगी अत्यन्तै बढेको छ । दशैको मुखमा गोलभेडा चिनी ,चामलको भाउ झण्डै २० प्रतिशतले बढेको छ । काठमाडौंको र अरु बजारमा कालो बजारी चलेको छ ।

दशैलाई ध्यानाकर्षण गर्दै नेपाल सरकारले बजार अनुगमन र कालोबजारीलाई कन्ट्रोल गर्न सरकारलाई आग्रह गर्न चाहान्छु ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्