काठमाडौँ । संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ ।
सोमबार समितिका सदस्यहरुले निर्माण भईरहेको नयाँ संसद भवनको अवलोकन गर्दै प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
सहरी मन्त्री विकास मन्त्री सिता गुरुङ, समितिका सभापति दिपक सिहं र समिति सदस्यहरु अवलोकनमा सहभागि भएका थिए ।
सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भैरहेको छ । २०७६ साल असोज १६ गते टुन्डी सेक ज्वइन्ट भेन्चरले सो भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो ।